फिल्म छायाँंकनका लागि काठमाडौं आएका अनुपम खेरले गरे पशुपतिको दर्शन, शान्तिका लागि प्रार्थना
काठमाडौं । फिल्म छायाँंकनका लागि नेपाल आएका बलिउड कलाकार अनुपम खेरले मंगलबार पशुपतिनाथको दर्शन गरेका छन्।
आफूले पशुपतिको दर्शन गरेको जानकारी ट्वीटरमार्फत दिएका उनले भनेका छन्, ‘प्राचिन मन्दिर पशुपतिनाथको दर्शन गर्दै सबैको कल्याण, स्वास्थ्य र शान्तिका लागि प्रार्थना गरेँ।’
खेरले काठमाडौंको चर्चित पशुपतिको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानि ठानेको बताएका छन्।
हिन्दुको पवित्रस्थलमा आउँदा आफूलाई खुसी र शान्ति मिल्ने गरेको उनले बताएका छन् । खेरसहित बलिउड कलाकार हिन्दी फिल्म ‘उचाइँ’ छायाँकनका लागि नेपाल आएको हो । टीममा अभिनेत्री परिणिती चोपडा, अभिनेता बोमन इरानी, सारिका हसनलगायत कलाबार रहेका छन्।
खेरले नेपालमा छायाँकन हुने यो फिल्म आफ्नो करियरको ५२०औँ फिल्म भएको जानकारी पनि दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment