ईपीएल लिगः आज भैरहवा र काठमाडौं भिड्दै

डिसी नेपाल
१९ असोज २०७८ १०:४१
36
Shares

काठमाडौं। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल) को आज हुने खेलमा भैरहवा ग्लडियर्स र काठमाडौं किंस –११ बीच खेल हुने तय भएको छ।कार्यतालिका अनुसार बिहान ९ः३० बजे सुरु हुनु पर्ने खेल वर्षातको कारण पिच ओसिलो भएको कारण खेल सुरुहुन सकेको छैन।

आज हुने खेल लिग चरणको अन्तिम खेलपनि हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले प्ले अफ ग्रुपमा पुग्नको लागि आजको खेल जित्नै पर्ने दवाब रहेको छ। भैरहवा भने, यस अघि नै प्ले अफ पुगिसकेको छ । भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *