मुम्बईले राजस्थानलाई ८ विकेटले हरायाे, प्लेअफ सम्भावना कायमै
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ। मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।
राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्याे। मुम्बईको जितमा इशान किशनले अविजित सर्बाधिक ५० रन बनाए। कप्तान रोहित शर्माले २२ रन तथा सूर्यकुमार यादवले १३ रन जाेडे।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे।
मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ। मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment