मुम्बईले राजस्थानलाई ८ विकेटले हरायाे, प्लेअफ सम्भावना कायमै

डिसी नेपाल
२० असोज २०७८ ७:०३

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सविरुद्ध सहज जित निकालेको छ। मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो।

राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे। मुम्बईको जितमा इशान किशनले अविजित सर्बाधिक ५० रन बनाए। कप्तान रोहित शर्माले २२ रन तथा सूर्यकुमार यादवले १३ रन जाेडे।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो । राजस्थानका इभिन लेविसले सर्वाधिक २४ रन जोडे।

मुम्बईका नाथन कल्टर निलले ४ विकेट लिए। जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायमै राखेको छ। मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। राजस्थान १० अंक जोडेर सातौ स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *