इपिएल क्रिकेट : सागरको घातक बलिङले पोखरा सस्तैमा समेटियो

डिसी नेपाल
२० असोज २०७८ ११:३२

काठमाडौं। सागर ढकाल र साहब आलमको चार विकेटप्रेरित चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)को क्वालिफायरमा पोखरा राइनोजलाई ६५ रनमा सीमित गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १५ ओभरमा सबै विकेट गुमाएर चितवनसामु ६६ रनको लक्ष्य प्रस्तुत गरेको हो।

पहिलो विकेटका लागि ३३ रनको सझेदारी गर्दै पोखराले सम्हालिएको सुरुआत गरेको थियो। ४.६ ओभरमा ओपनर रिचार्ड लेभीलाई गुमाएको पोखराले ४१ रनमा अर्का ओपनर सुनील धमलालाई गुमाएको थियो। त्यसपछि तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुस्किल परेको थियो।

कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के। यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए। यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे।

कसिलो बलिङ गरेको चितवनका लागि सागर ढकालले ४ ओभरमा १४ रन मात्रै खर्चेर ४ विकेट लिए। यस्तै साहब आलमले पनि ४ ओभरमा ९ रन खर्चेर ४ विकेट झारे । पोखरालाई ६५ रनमा सीमित गरेसँगै चितवनले फाइनल पुग्नका लागि ६६ रनको लक्ष्य पाएको छ।

आजको खेलमा जित हासिल गर्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ।

बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। याे खेल दिउँसो १:३० बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेका हुन। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *