इटालीको ३७ खेलको अपराजित कीर्तिमानी यात्रामा स्पेन बाधक
काठमाडौं। युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ। बुधबार राति इटालीको रान सिरोमा भएको खेलमा भ्रमण टोली स्पेनले इटालीको नाममा रहेको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो।
इटालीको अपराजित यात्रामा म्यानचेष्टर सिटीको फेरान टोरेस बाधक बने। २१ वर्षीय टोरेसको दुई गोल गर्दा स्पेन २–१ ले विजयी भयो । इटालीका लोरेन्जो पेलेग्रिनीले गरेको गोल सान्त्वना ठहरियो।
खेलको १७ मिनेटमा स्पेनले अग्रता बनायो। पहिलो हाफको थपिएको २ मिनेटमा टोरेसले पुनः गोल गर्दा पहिलो हाफमै २-० को अग्रता बन्यो। खेलको ८३ मिनेटमा इटालीका पेलेग्रिनीले गोल गर्दै दूरी घटाउने प्रयास गरेका थिए। यद्यपि त्यो सफल भएन।
यसअघि पहिलो हाफको ४२ मिनेटमा इटालीका डिफेण्डर तथा कप्तान निओनार्दो बोनुची दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाड्न बाध्य भएका थिए।
जितसँगै स्पेनले युरो कप सेमिफाइनल अन्तर्गत वेम्वलीमा भागेको हारको बदलासमेत लिएको छ । इटालीले आफ्नो घरेलु मैदानमा सन् १९९९ पछि पहिलो पटक हार ब्यहोरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment