दोस्रो मौकाको सदुपयोग गर्दै पोखरा इपिएलको फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने

डिसी नेपाल
२१ असोज २०७८ १७:१५

काठमाडौं। एभरेष्ट प्रिमियर लिगको उपाधिको लागि पोखरा राइनोज र चितवन टाइगर्सबीत प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो क्वालिफायर जित्नै पोखरा प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि बुधबार भएको पहिलो क्वालिफायर जित्नै चितवन यसअघि नै फाइनल पुगिसकेको थियो । फाइनल खेल शनिबार हुनेछ ।

आज किर्तिपुर मैदानमा भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो । यसअघि शुक्रबार भएको पहिलो क्वालिफायरमा पोखरा चितवनसँग हारेको थियो तर दोस्रो मौकाको सदुपयोग गर्दै पोखराले फाइनलसम्मको यात्रा तय गरेको हो ।

आजको खेलमा भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा ३ विकेटको षतिमा हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेटको क्षतिमा ११९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए ।

भैरहवाका लागि आरिफ शेखले २७, रोहित पौडेलले १८, प्रदिप ऐरीले ११, उपुल थरंगाले १० रन बनाए । पोखराका किशोर महतो र सहन अराछिगेले २–२ तथा नन्दन यादव र असेला गुणरत्नेले १–१ विकेट लिए । जवाफी ब्याटिङमा सहान अराछिगेले अविजित ५४ रन र विपिन रावतले अविजित ४० रन बनाए । रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन बनाए । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *