काठमाडौंमा आज १८ वर्षमाथिकालाई भेरोसेलको पहिलो मात्रा दिइने

डिसी नेपाल
२२ असोज २०७८ ६:३२
204
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ।

शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने भएको हो। महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताइएको छ।

निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ।

महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनेको छ। खोपका लागि अनलाइन दर्ता अनिवार्य छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *