भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु
काठमाडौं। भरतपुर महानगरपालिका–७ मा आज नबा १ प १२८४ नम्बरको बसको ठक्कबाट एक बालकको मृत्यु भएको छ ।
चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको उक्त बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई विकास चोकमा ठक्कर दिएको थियो ।
बालकको अपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment