‘इकु’ ले युट्युबमा ल्याए ‘इकुपिताङ’

डिसी नेपाल
२५ असोज २०७८ ६:३७
360
Shares

काठमाडौं। बालबालिकामाझ परिचित पात्र ‘इकु’ सिरिजका रूपमा दर्शकमाझ ल्याइएको छ । अभिनेता सुलेमान शंकर (इकु) ले आफ्नो युट्युब च्यानल ‘इकु इकु’ मा ‘इकुपिताङ’ नामक सिरिज सुरु गरेका हुन्।

सुलेमा कै लेखन, निर्माण, निर्देशन र शीर्ष अभिनय रहेको ‘इकुपिताङ’ प्रत्येक शनिबार प्रसारण हुनेछ । सिरिजमा सुलेमानका साथमा श्याम राई, ज्याक गुरुङ,, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, मनिष खड्का, आरती लामा, सचिन शर्मा, गणेश इशारा, माया थामी, मिलन शंकर, कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतले अभिनय गर्ने छन् ।

‘विशेषगरी बालबालिकाले रुचाएको ‘इकु’ को भूमिकामा पुनः देखिन पाउँदा खुसी लागेको छ,’ सुलेमान भन्छन्,‘अहिलेका बालबालिकामाझ पनि ‘इकु’ चरित्र जीवित राख्ने चाहनाले गर्दा ‘इकुपिताङ’ निर्माण गरेको हुँ ।’ सुलेमानले ‘इकु’ नाममै ‘इकु–दि जंगल म्यान’ र ‘इकु ब्याक अगेन’ गरी दुईवटा फिल्म निर्माण गरेका थिए । ‘इकुपिताङ’ सिरिजले पनि दर्शकको मन जित्ने विश्वास उनको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *