के हुँदैछ ‘मुन्ना भाइ एमबीबीएस’ को तेस्रो सिरिज ?
काठमाडौं। सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सन्जु’ले बक्स अफिसमा निकै कमाल गर्याे। राजकुमार हिरानी निर्देशित फिल्मले बक्स अफिसमा कमाल मात्र देखाएन, उनीप्रति दर्शकको मनमा श्रद्धा समेत बढायो।
फिल्म हेर्नेले सञ्जयको जीवनलाई बुझे । त्यसपछि उनको फिल्म भटाभट बलिउडमा आयो । तर , कुनै फिल्मले दर्शकको साथ पाउँन सकेन किनकि फिल्मको कन्टेन राम्रो थिएनन्।
पछिल्लो समय सञ्जय आफैँले निर्माण गरेको फिल्म ‘प्रस्थानम’ ले समेत दर्शको माया नपाएपछि उनी यतिबेला ‘मुन्ना भाइ चले अमेरिका’ मा काम गर्ने बनाएका छन् ।
उनले आफ्नो नजिकका निर्देशक हिरानीलाई फिल्मलाई सक्दो चाडो फ्लोरमा लैजाने गरी काम गर्न आग्रह समेत गरेका छन्। हिरानीको डेब्यु फिल्म मुन्ना भाइ एमबीबीएस थियो र त्यसपछिको दोस्रो लगे रहो मुन्ना भाइ । यी दुई फिल्मले सञ्जय दत्तको छवि मात्र बदलिएन, बलिउडमा धर्मराएको करियरलाई अगाडि बढायो।
करियरमा पहिलो फिल्ममा काम गरिदिएकाले नै निर्देशक हिरानीले सञ्जयलाई लिएर फिल्म गर्ने तयारी गरेका छन्। दर्शकसमेत तेस्रो सिरिजको प्रतिक्षामा छन्। पहिलो र दोस्रो सिरिजले तानिएका दर्शक अब तेस्रो सिरिजको पर्खाइमा छन्।
र , फिल्मको तयारी पनि सुरु नभएको होइन । तर तेस्रो सिरिजको चर्चा चल्दै गर्दा सञ्जय जेल परे । त्यसपछि फिल्मको काम रोकियो तर दर्शकलाई यतिबेला पनि फिल्मको प्रतिक्षा छ।
दर्शककै प्रतिक्षालाई ध्यानमा राखेर निर्देशक हिरानीले लेखक अभिजात जोशीसँग काम अगाडि बढाइरहेको खबर बेलाबखतमा आउने गरेको छ। यद्यपि यस विषयमा हिरानीले आधिकारिक रुपमा केही बताएका छैनन्।
तत्कालीन समयमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने कथा रहे पनि यतिबेला स्क्रिप्ट टिमले नयाँ कन्सेप्टमा काम गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । निर्देशक हिरानीले केही नबताए पनि सञ्जयले भने आउँदो केही समयमै फिल्मलाई लिएर ‘गुड न्युज’ आउने बताएका छन्।
‘फिल्मलाई दर्शकले पनि चाहेका छन् , म पनि अभिनय गर्न तयार छु , निर्माता पनि तयार छन् , हिरानी पनि स्क्रिप्टमा काम गरिरहेका छन् अब भन्नुस फिल्म नबनेर भयो त ?,’ सञ्जयले एक अन्तर्वार्तामा प्रतिप्रश्न गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment