चेन्नईले चौथोपटक जित्यो आईपीएल उपाधि, फाइनलमा कोलकाता पराजित

डिसी नेपाल
३० असोज २०७८ ८:११
204
Shares

काठमाडौं। भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ। गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो। चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो।

दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्‍यो। फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन जोडे। मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ रन जोडे।

१९३ रनको लक्ष्य पछ्याएको कोलकाता ९ विकेटको क्षतिमा १६५ रनमा समेटियो। २७ रनले उपाधि गुमायो। कोलकाताले राम्रो सुरुवात गरे पनि मध्यतिर लय गुमायो। कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५१ रन बनाए। वेंकटेश अय्यर ५० र शिभम माभी २० रनमा समेटिए। अरुले दोहोरो अंक जोड्न सकेन।

प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५.३६ को औसतका साथ ६३५ रन बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *