बालबालिकालाई आफ्नै सेरोफेरोको पठन पाठन

डिसी नेपाल
३१ असोज २०७८ १६:३०
56
Shares

बागलुङ । बागलुङको बरेङ गाउँपालिकाले आधारभुत तह (कक्षा १–३) लक्षित स्थानीय पाठ्क्रम तयार गरेको छ। विद्यालय तहको शिक्षामा स्थानीय विषय वस्तुलाई उद्देश्य मुलक, व्यवहारिक, समसामयिक एवं स्तरीय बाउने अभिप्रयाले स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी, र बुद्धिजीविबाट राय सुझाव संकलन गरी पाठ्यक्रम निर्माण गरेको हो।

पाठ्क्रमको आधारमा चालु शैक्षिक सत्र भित्र नै पाठ्य पुस्तक निर्माण गरी कार्यान्वयनमा लैजाने गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद शर्माले जानकारी दिए। कक्षा १ देखि ३ सम्मको आधारभुत शिक्षा पाठयक्रममा रहेको स्थानीय अंशलाई व्यवहारोपयोगी बनाउन पाठयक्रम विकास गरिएको छ।

चालु शैक्षिक सत्रदेखि नै गाउँपालिकाका सबै सामुदायिक तथा स्थागत विद्यालयमा कक्षा १ देखि ३ सम्म लागु हुनेछ। आधारभुत तह कक्षा १–३ मा साप्ताहिक पाँच पाठ्य घण्टाका दरले बार्षिक १६० कार्य घण्टाको स्थानीय विषय समावेश गरिएको चालिसेको भनाइ छ।

बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान, सिप प्रदान गर्ने उद्देश्यमा पाठ्यक्रम आधारित छ। पाठयक्रमले बरेङ क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *