गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

डिसी नेपाल
१ कार्तिक २०७८ १२:३०
10.5k
Shares

काठमाडौं। गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मससँग पुनः एकपटक सहकार्य गर्दैछन् ।

अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट (पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन् ।

उनलाई सन् १९६२, १९६५ को युद्धमा र विशेष रूपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाइँ लडेको एक युद्ध नायकको रूपमा चिनिन्छ । यसैले गर्दा पनि अक्षयले विश्वकै मेकरको ध्यान खिचेका छन् । तर , उनले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा एक पूर्व गोर्खा अफिसरले गल्ती औल्याएका छन् ।

उनले अक्षयको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पोस्टरमा खुकुरीलाई ठिक गर्न सुझाएका छन् । ’खुकुरीको धार गलत दिशामा छ, यो तलवार हैन’, मेजर मनिक एम जोली नाम रहेको एकाउन्टबाट उनले थप भनेका छन्, ‘खुकुरी बुझ्नलाई सँगै तस्विर राखेको छुँ ।’

उनले गोर्खाको कथामा फिल्म बनाउँदा ससाना गल्तीलाई समेत सुझाउन भनेका हुन् । गोर्खा अफिसरको प्रतिक्रिया देखेपछि अक्षयले माफी मागेका छन् ।

उनले प्रतिक्रियाको लागि धन्यवाद समेत दिएका छन् । ’हामी छायांकनको समयमा गल्ती नहोस् भनेर उच्च सतर्कता अपनाउने छौँ’, अक्षयले लेख्छन्, ’हामी गोर्खाको कथामा फिल्म बनाउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेका छौँ ।’ उनले फिल्मसँग जोडिएको सल्लाह सुझावलाई आत्मसाथ गर्नेसमेत जनाएका छन् । यस फिल्मको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *