एजेन्ट बनिन् कंगना

डिसी नेपाल
३ कार्तिक २०७८ ७:०२
336
Shares

काठमाडौं। पछिल्लो रिलिज फिल्म ‘थालाइवी’ फ्लप भएपछि बलिउड अभिनेत्री कंगना रनौत केही तनावमा थिइन् । उनले निकै अपेक्षा गरेको फिल्मले दर्शकको साथ नपाएपछि उनी आत्तिएकी हुन्।

तर, आउँदो फिल्ममा उनी एक्सन गर्लको रूपमा दर्शक समक्ष आउने भएकी छन्। पछिल्ला केही सोसल ड्रामा जनरका फिल्ममार्फत दर्शकमाझ आएकी कंगनाले ‘धाकड’मार्फत दर्शकलाई एक्सन देखाउनेछन्। उनको मुख्य भूमिकामा रहेको एक्सन जनराको फिल्म ‘धाकड’ आउँदो वर्ष सन् २०२२ को अप्रिल ८ मा रिलिज हुनेछ।

उनी धाकडमा विभिन्न १० किसिमका लुक्समा देखिने बताइएको छ। पूर्ण रूपमा एक्सन जनरामा रहेको फिल्ममा कंगनाले एजेन्टको भूमिका निभाएकी छन्। यसका कारण उनले आफ्नो लुक्स पटक पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० वटा लुक्समा देखिने बताइएको छ।

मानव तस्करीसँग सम्बन्धित रहेर तयार पारिने फिल्ममा कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाललगायतको अभिनय छ । रजनिस र चिन्तन गान्धी मिलेर लेखेको फिल्मलाई निर्देशन रजनिस घाईले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *