रियल मड्रिडको सहज जित

डिसी नेपाल
३ कार्तिक २०७८ ७:५०

काठमाडौं। स्ट्राइकर भिनिसियस जुनियरको दुई गोल प्रेरित स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा युक्रेनको शाख्तर डोनेश्कमाथि ५-० को एकतर्फी नतिजा हासिल गरेको छ।

मंगलबार राति समूह ‘डी’ को खेलमा सहज जित निकाल्ने क्रममा रियलको लागि भिनिसियसले दुई तथा रोडरिगो र करिम बेन्जेमाले एक एक गोल गरे । एक गोल भने रियलले उपहार पायो।

रियलले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाती गोलबाट अग्रता लियो । खेलको ५१औं मिनेटमा भिनिसियले पहिलो गोल गर्दा दोस्रो ५६ मिनेटमा सम्भव भयो।

रोडरिगोले ६५ औं मिनेटमा रियलका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियालको जित थप फराकिलो पारे।

मंगलबारै भएको समूह डी को अर्को खेलमा इन्टर मिलानले घरेलु मैदानमा एफसी सेरिफमाथि ३-१ को जित हासिल गर्‍यो।

हारका बावजुद पहिलो दुई खेलमा जित हासिल गरेको सेरिफ ६ अंकका साथ समूह ‘डी’को शीर्ष स्थानमा छ। समान ६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ। तीन खेलमा चार अंक जोडेको इन्टर तेस्रो स्थानमा रहँदा एक अंकमा सीमित शाख्तर पुछारमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *