बेन्फिकामाथि बायर्नको सानदार जित, १४ मिनेटमा चार गोल
काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगमा घरेलु टोली बेन्फिकामाथि ४-० गोल अन्तरको सानदार जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा बायर्नले पोर्चुगलको बेन्फिकालाई दोस्रो हाफको १४ मिनेटमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो।
बायर्नको फराकिलो जितमा लिरोए सानेले दुई गोलसँगै एक असिस्ट दिए। रोबर्ट लेवान्डोस्कीले एक गोल गर्दा एक बेन्फिकाका एभर्टनले आत्माघाती गोल गरे। पहिलो हाफ बायर्नले नियन्त्रणमा राखे पनि गोल गर्न सकेन।
७०औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ८०औँ मिनेटमा एभर्टनले आत्मघाती गोल गर्दा बायर्न २-० ले अगाडि बढ्यो। ८२औ्ँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए।
त्यसको दुई मिनेटपछि लिरोए सानेले जोसिप स्टानिसिसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै बायर्नलाई ४–० को सानदार जित दिलाए।
बुधबार राति नै भएको समूह ‘ई’ को अर्काे खेलमा जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले डेनामो किएभमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ।
यो जितपछि समूह ‘ई’ मा अपराजित रहेको बायर्नको ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा यथावत छ। पराजित बेन्फिका ४ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । बार्सिलोना ३ अंक जोडेर तेस्रो स्थानमा रहँदा डेनामो किएभ १ अंक जोडेर पुछारमा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment