सडक अवरुद्ध भएपछि बीचबाटोबाटै फर्किए पर्यटक
काठमाडौं । जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएपछि फोक्सुण्डो नहेरी पर्यटकहरु बीचबाटोबाटै फर्कन थालेका छन् ।
करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका मालवाहक ट्र्याक्टर, साना ट्रकहरु सडकका दुई किनारामा रोकिएर राखिएको छ । पहिराका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिंहले जानकारी दिए । उनले भने “मूल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेललगायत सामग्रीहरु भित्र्याउन सकिएको छैन, बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ ।”
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीयवासी मोतिप्रसाद उपाध्यायले भने, “मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन, त्यसकारण पनि सर्वधारणहरु जोखिम लिएरै यात्रा गर्न बाध्य छन् ।” त्रिपुरासुन्दरी नगरपालिका आफैँसँग डोजर छ, पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन ।
करोपगार्डमा खसिरहेको पहिराका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरु बीचबाटोबाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाडौँ, गुल्मी, बुटवल, पाल्पालगायतबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरु पहिराले अगाडि बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएको स्थानीयवासी पौरख रोकायले बताए ।







डिसी नेपाल








Facebook Comment