यू-२३ एसियन कप छनोट: पहिलो हाफमा नेपाल र इण्डोसियाको गोलरहित बराबरी

डिसी नेपाल
५ कार्तिक २०७८ १९:०६
256
Shares

काठमाडौं । एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप नेपालले अहिले इण्डोनेसियाको यू- २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

ताजकिस्तानमा जारी खेलको पहिलो हाफ समाप्त भएको छ । पहिलो हाफको समाप्ति सम्म दुवै टोलीले गोलरहित बराबरी खेलिरहेका छन् ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका छन् । यस्तै, इण्डोनेसियाविरुद्ध नेपाली टोलीको आक्रामण लाइनमा अभिषेक रिजालसँगै मनीष डाँगी र आयुष घलानले जिम्मेवारी पाएका छन् ।

नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपाली टोली

गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
स्ट्राइकर-अभिषेक रिजाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *