श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा
काठमाडौं। नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ।
जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेकाे हाे । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो ।
नेदरल्यान्ड्सका कोलिन एक्रमनले सर्वाधिक ११ रन बनाए । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरु कुमाराले समान ३ विकेट लिए ।
समूह ‘ए’ बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गरेकाे हाे ।







डिसी नेपाल







Facebook Comment