माउन्टले ह्याट्रिक पूरा गर्दा सिटीको पोस्टमा चेल्सीको ७ गोल

डिसी नेपाल
६ कार्तिक २०७८ २१:२३
244
Shares

काठमाडौं । मासन माउन्टले ह्याट्रिक पूरा गरेको खेलमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई फराकिलो गोल अन्तरमा पराजित गरेको छ ।

शनिबार भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा मासन माउन्टले ह्याट्रिक पूरा गरे । यस्तै कलुम हुड्सन, रिस जेम्स र बेन चिलवेलले एकरएक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।

जितसँगै चेल्सी ९ खेलमा २२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *