टी–२० विश्वकपः आज भारत र पाकिस्तान भिड्दै
काठमाडौं। यूएईमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज हुने खेलमा भारत र पाकिस्तानबीचको भिडन्त हुँदैछ। सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।भारत र पाकिस्तानको सीमा र विवाद निरन्तर चलिरहदाँ यसको प्रत्यक्ष असर खेल क्षेत्रमा पनि पर्ने गरेको छ ।
त्यसै कारण पछिल्ला वर्षहरुमा आईसीसीको प्रतियोगिता बाहेक पाकिस्तान र भारतले एकअर्काविरुद्ध क्रिकेट खेल्ने गरेका छैनन्।भारत र पाकिस्तानबीच भएको विश्वकपको कुनैपनि खेल पाकिस्तानले जित्न सकेको छैन। त्यसैले आज हुने खेलमा भारत आफ्नो अपराजित यात्रा निरन्तर कायम गर्न चाहन्छ,भने पाकिस्तान पराजित यात्रालाई अन्त्य गर्न चाहन्छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment