विदा लिएर भारत–पाकिस्तानको खेल हेर्न गएका गृहमन्त्री खेल हेर्न नपाइ फर्किनुपर्‍यो

डिसी नेपाल
७ कार्तिक २०७८ १०:५८
3.8k
Shares

काठमाडौं। २ दिनको विदा लिएर भारत र पाकिस्तानबीच टि–२० विश्वकपको खेल हेर्न युएइ गएका पाकिस्तानका गृहमन्त्री शेख रशीद खेल हेर्न नपाइ फर्किनुपरेको छ । प्रधानमन्त्री इमरान खानले फिर्ता बोलाएपछि रशीद शनिबार इस्लामाबाट आइपुगेका छन् । पाकिस्तानमा मौजुदा सुरक्षा स्थिितिलाई सम्हाल्नको लागि प्रधानमन्त्री इमरानले रशीदलाई फिर्ता बोलाएको बताइएको छ ।

पाकिस्तानी समाचार च्यानल जियो न्यूजका अनुसार अहिले पाकिस्तानमा विपक्षी दल र केही प्रतिबन्धित संगठनहरुले विभिन्न ठाउँहरुमा प्रदर्शन गरिरहेका छन् जसका कारण इस्लामाबाद, लाहोर र रावलपिण्डीजस्ता ठूला सहरहरु आंशिक रुपमा बन्द छन् । केही दिनअघि मिडियासँग कुरा गर्दै गृहमन्त्री रशीदले आफूलाई २ दिनको विदा दिन प्रधानमन्त्रीले मञ्जुरी दिएको बताएका थिए । तर, अचानक उनलाई खेल नहुँदै पाकिस्तान बोलाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *