अवैध रुपमा नेपाल भित्रिएका ११ अफगान नागरिक सिनामंगलबाट पक्राउ

डिसी नेपाल
८ कार्तिक २०७८ १०:५०
1.6k
Shares

काठमाडौं। अफगानिस्तानबाट अवैध रुपमा नेपाल भित्रिएका ११ अफगानी नागरिकलाई काठमाडौंको सिनामंगलबाट सोमबार विहान पक्राउ गरिएको छ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेपछि प्रहरीको निगरानीमा रहेका नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो। व्यूरोका डिआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुलाई सोधपुछ गरेर अध्यागमन विभागको जिम्मा लगाइनेछ।

नेपाल–भारत सीमा क्षेत्र सुनौली नाकाबाट नेपाल भित्रिएका उनीहरुलाई सुरक्षा संयन्त्रले निगरानीमा राखेको थियो। नेपालस्थित शरणार्थी सम्बन्धी उच्च आयोगको कार्यालयले गुपचुप अफगानस्तानीलाई अस्थायी आश्रय दिएर राखे पनि गृहप्रशासन अनभिज्ञ रहेको छ। पक्राउ परेकामध्ये ६ जनासँग भारतको नक्कली आधारकार्डसमेत बरामद भएको डिआइजी सिंहले बताए।

सजिलै नेपाल भित्रिएर राजधानी नै आइपुगेका अफगानीका लागि सुरक्षित बस्न राष्ट्रसंघको नेपालस्थित शरणार्थीसम्बन्धी उच्च आयोगको कार्यालयले उनीहरूका लागि आवश्यक कागजात र बसोबासको प्रबन्ध मिलाइदिएको स्रोतको दावी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *