देउसीभैलो १० बजेसम्म, पटका निषेध

डिसी नेपाल
१४ कार्तिक २०७८ २०:४६
32
Shares

काठमाडौं ।शान्ति सुरक्षालाई मध्येनजर गरेर प्रशासनले देउसीभैलो कार्यक्रमलाई राती १० बजे सम्म समय सिमा तोकेको छ । कास्की प्रशासनले पनि स्वास्थ्य मापदण्ड ख्याल गर्दै चाडबाड मनाउन निर्देशन जारी गरेको छ । कास्कीमा यस वर्ष राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको हो । पटका, आतसबाजी, झिरझिरे, भुइचँम्पा जस्ता विस्फोटक पदार्थ निषेध गरिएको छ । यसको प्रयोग र निकासी, ओसारपसार नगर्न प्रशासनको निर्देशन छ ।
यस्तै, कोरोना संक्रमण दर अपेक्षित नघटेको भन्दै सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर देउसीभैलो र नाचगान गर्न आग्रह पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.