पोखरा विश्वविद्यालयमा ‘रिसर्च टक’

डिसी नेपाल
१४ कार्तिक २०७८ २२:१९
32
Shares

काठमाडौं ।पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजसँगको सहकार्यमा‘रिसर्च टक’ कार्यक्रम सुरु गरेको छ ।

विश्वविद्यालयको अनुसन्धान गतिविधिलाई अधिकतम व्यावहारिक र उपयोगी तुल्याउँदै गुणस्तरीय शिक्षाका लागि पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले रिसर्च टक कार्यक्रम थालेको हो । हरेक महिना विभिन्न शीर्षकमा ‘रिसर्च टक’ कार्यक्रमलाई निरन्तरता दिइने विश्वविद्यलायले जनाएको छ ।कार्यक्रमको शुभारम्भका अवसरमा विश्वविद्यलायका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयमा अनुसन्धान गतिविधि सँगसँगै पठनपाठन नहुँदासम्म शिक्षाको गुणस्तरीयता नहुने बताउँदै र त्यसबाट देशको योजनाबद्ध विकासका लागि जनशक्ति तयार गर्न नसकिने बताए ।

पोखरा विश्वविद्यालयलाई अग्रणी विश्वविद्यालयका रूपमा स्थापित गर्न अनुसन्धान तथा नवीनतम् सोच आवश्यक रहेको बताउँदै उनले प्राध्यापक अनुसन्धानतर्फ लाग्नुपर्ने र विश्वविद्यालयले आवश्यक साधन, स्रोत तथा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे । ट्रान्सप्लान्ट सर्जरी, क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्को अमेरिकाको शल्यक्रिया विभागका सहप्राध्यापक डा तारा सिग्देलले ‘रिसर्च एण्ड इनोभेशन इन हाइअर एजुकेशन–एन इलुसिभ बट क्रिटिकल कम्पोनेन्ट ईन पोष्ट कोभिड इरा’ शीर्षकमा प्रस्तुतीकरण गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *