फोहर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई

डिसी नेपाल
१८ कार्तिक २०७८ १८:१५
120
Shares

काठमाडाैं । गोरखा नगरपालिकाले नगरक्षेत्रभित्रका फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ ।

नगर क्षेत्रभित्रका फोहर सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालि नामक संस्थालाई दिएको नगरपालिकाका वातावरण अधिकृत धु्रव घिमिरेले जानकारी दिए । “अबदेखि नगरपालिकाभित्रका १४ वटै वडाको फोहर सङ्कलन गर्ने काम सो संस्थाले गर्छ”, उनले भने, “सो संस्थाले नै नगरवासीसँग फोहर व्यवस्थापनको शुल्क लिनेछ ।”

संस्थाले नगरपालिकामा रु दुई लाख धरौटी राखेर फोहर सङ्कलनको काम सुरु गरिसकेको अधिकृत घिमिरेले जानकारी दिए। “सम्झौता अनुसार धरौटी रकम राखेर अहिले काम सुरु गरिएको छ”, उनले भने, “सम्झौता लागू भएको ६ महिनासम्म सरसफाइ शाखामा कार्यरत सातजना कर्मचारीलाई सो संस्था र नगरपालिकाले आधाआधा तलब खुवाउने र पछि संस्था स्वयंले नै तलब खुवाउनुपर्नेछ ।”

नगरपालिकाले प्रयोग गर्दै आएको फोहर उठाउने एउटा ट्र्याक्टर र ट्रिपर समेत एक वर्षका लागि सो संस्थालाई प्रयोग गर्न दिने र त्यसपछि निर्धारण गरे अनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको उनले बताए ।

मापदण्डभित्र रहेर नै फोहर व्यवस्थापनका लागि शुल्क उठाउने अधिकृत घिमिरेले जानकारी दिए । नगरपालिकाले सो संस्थासँग पाँच वर्षका लागि फोहर व्यवस्थापन सम्झौता गरेको उनको भनाइ छ । फोहर व्यवस्थापन शुल्कबापत नगरवासीले सदस्यता शुल्कबापत रु २०० तिर्नुपर्ने हुन्छ । यसका साथै निजी तथा व्यक्तिगत प्रयोजनका प्रतिघर/परिवारका लागि मासिक रु १००, चिया पसल र फुटफाथ पसलका लागि रु १५०, व्यावसायिक पसल र वित्तीय सङ्घ संस्थाका लागि रु २००, रेष्टुराँ, मासु, तरकारी, फलफूल पसल, सैलुन, ब्युटिपार्लरका लागि रु ३०० शुल्क बुझाउनुपर्ने जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.