थप १३९ जनामा सङ्क्रमण पुष्टि, ३९६ जना कोरोना मुक्त

डिसी नेपाल
२० कार्तिक २०७८ १६:३६
84
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरससङ्क्रमण पुष्टी भएको छ । २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३९६ जना कोरोना मुक्त भएका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ८ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.६ प्रतिशत रहेको जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.