लाली स्वास्थ्यचौकीमा औषधी अभाव

डिसी नेपाल
२० कार्तिक २०७८ १९:२७
40
Shares

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका १ स्थित लाली स्वास्थ्यचौकीमा औषधी अभाव हुँदा बिरामीलाई समस्या परेको छ । औषधी नहुँदा यहाँका सेवाग्राहीले रित्तो हातमा घर फर्कनु परिरहेको छ । एक हप्तादेखि लाली स्वास्थ्यचौकीमा औषधी अभाव भएपछि वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी मर्कामा परेका हुन् ।

सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र बृद्धबृद्धा बिरामी परेकोमा औषधी अभावले समस्या भइरहेको स्थानीय विर्जन शाहीले बताए । शाहीले भने, ‘गाउँबाट बिरामी परेका नागरिकका लागि स्वास्थ्यचौकीमा उपचार तथा औषधी लिन पुग्दा स्वास्थ्यकर्मीले औषधी छैन भन्दै फिर्ता पठाउने गरेको छन् ।’

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी आउने गरे पनि औषधी अभावमा रित्तो हात फर्किनु परेको स्वास्थ्यचौकीले जनाएको छ। स्वास्थ्यकर्मीले सिजनल फ्लुका कारण बिरामी बढेको बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *