तिहारमा कैदीबन्दीको निधार खाली

डिसी नेपाल
२० कार्तिक २०७८ २२:१८
72
Shares

दमौली । नेपालीहरुको ठूलो महान् चाड तिहारमा तनहुँ कारागारका कैदीबन्दीको निधार खाली भएको छ । तनहुँ कारागारस्थित कैदीबन्दीले आज तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउन नपाएपछि कैदीबन्दीको निधार खाली भएको हो ।

यस पटक बाहिरी मान्छेलाई कारागारभित्र प्रवेश गर्ने व्यवस्था मिलाउन नसकिएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । “कोरोना सङ्क्रमणको जोखिमका कारण बाहिरबाट मानिसलाई प्रवेश दिन सकिएन”, उनले भने, “यस वर्ष कैदीबन्दीको तिहारमा निधार खाली भयो ।”कारागार प्रशासनले दसैंमा पनि आफन्तजनबाट कैदीबन्दीलाई टीका लगाउन निषेध गरेको थियो । यद्यपि दसैंमा भने कैदीबन्दीले आ–आफै टिका लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.