सल्यान बस दुर्घटना : मृतकको संख्या नौ पुग्यो (अपडेट)
दाङ। सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया नौ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो। उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment