पहिरोले ज्यान गुमाएका परिवारलाई नगरको आर्थिक सहयोग

डिसी नेपाल
२६ कार्तिक २०७८ १२:५०
56
Shares

डोटी । यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं.११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप १ लाख ५ हजार प्रदान गरेको छ । नगरप्रमुख सीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो ।

नगरपालिकाका तर्फबाट १ लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगत तर्फ ५ हजार गरी १ लाख ५ हजार हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिए । यही कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर मन्धरीको मृत्यु भएको थियो ।

असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृत्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो । बाढी र पहिराले सयौँ भौतिक संरचनामा क्षति पुर्याउनुको साथै हजाराँै रोपनी जमिन बगाएको थियो ।

नगरपालिका भित्र बाढी र पहिराले पुर्याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *