सामुदायिक विद्यालय अब्बल बनाउन बस हस्तान्तरण

डिसी नेपाल
२७ कार्तिक २०७८ ११:४३
56
Shares

परासी । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पहिलो पटक सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)का अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाभित्रका दुई वटा सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको हो ।

पाल्हीनन्दन–२ स्थित हरपुर मावि र पाल्हीनन्दन–६ स्थित सुकदेव मावि सनईलाई एक/एक वटा विद्यालय बस आज(शनिबार) हस्तान्तरण गरिएको उनले बताए । उनले भने, ‘सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न हामीले बस सेवा थप गरेका हौँ ।’

शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । थप दुई वटा सामुदायिक विद्यालयलाई पनि केही दिनभित्र विद्यालय बस हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ ।

भारतीय सीमासँग जोडिएको यो गाउँपालिकाभित्र सामुदायिक विद्यालयमा पहिलोपटक विद्यालय बस सञ्चालन गरिएको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *