दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

डिसी नेपाल
५ मंसिर २०७८ ८:५५

दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको अवस्था मध्यम रहेको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *