जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
दैनिक रुपमा जाडो बढ्दै गइरहेको छ । यो मौसममा स्वास्थ्यको हेरचाह अलिक बढी नै गर्नु पर्दछ । जाडो मौसममा विशेष गरी बालबालिका र वृद्धवृद्धालाई विभिन्न स्वास्थ्य समस्याहरु देखिन्छ । छाला सुख्खा हुने, ओठ फुट्ने, कुर्कुच्चालगायत शरीरका अन्य भागका छाला फुट्ने समस्या भने सबैलाई हुनसक्छ । त्यस्तै, श्वासप्रश्वास, खाकी, निमोनिया लगायतका समस्याहरु जाडो महिनामै नै देखिन्छ ।
यसर्थ चिसोबाट बच्न न्यानो कपडा लगाउनुका साथै तातो तथा झोल पदार्थहरू सेवन गर्नु लाभदायक मानिन्छ। जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै धेरै राम्ररो हुन्छ ।हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनुपर्छ। बच्चाहरूलाई धेरै बाक्ला कपडा लगाइिदएर गुम्स्याउँदा पनि पसिना निस्केर त्यसैको चिसोले निमोनिया हुने डर हुन्छ ।
यसरी राख्नुहोस् जाडो मौसममा स्वास्थ्यको ख्याल
–जाडाको समयमा हात बारम्बार मुख तथा नाकतर्फ गइरहने हुँदा हात सफा राख्ने ।
– भिडभाड हुने ठाउँमा नजाने र बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने ।
–रुघाखोकी वा फ्लु संक्रमितको वरिपरि नजाने ।
–स्वास्थ्यमा समस्या देखिए चिकित्सको सल्लाह लिने ।
–हरिया सागसब्जीसहितको मौसमी भेजिटेबलको सुप खाने ।
–जाडोमा तातो, कडा खान मनलाग्छ, तर चिल्लो, नुनिलो गुलियो नखाने ।
–प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउने ।
–चिसोबाट बच्न पनि व्यायामको माध्यमबाट शरीरलाई तताउने।
–घर बाहिर जाँदा शरीरलाई तात्ने गरी टाउकोसम्मै न्यानो लुगा लगाउने ।
–छाला सुक्खा हुने र क्य्राक हुने हुनाले छालामा मोइस्चर्ज लगाउने ।
–सकिन्छ भने बिहानको तातो घाममा बस्ने ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment