भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित फेला

डिसी नेपाल
२३ मंसिर २०७८ १४:३३
28
Shares

नयाँदिल्ली। भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। भारतमा एकै दिन नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेको भारतको केन्दीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै भारतमा कोरोना संक्रमितको संख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको छ।

साथै, कोरोना संक्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको मन्त्रालयले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ९७ हजार ३८८ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *