काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६
काठमाडौं। काठमाडौंसहित मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति र बिहानपख तापक्रम घट्न थालेको हो। काठमाडौं उपत्यकामा दिउँसोपख घाम लागे पनि साँझबिहान चिसो हुने गरेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ। त्यसअघिल्लो दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री थियो । अधितम तापक्रम पनि घटेर १९.८ डिग्रीमा सीमित भएको छ।
सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। महाशाखाका अनुसार जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री हुँदा अधिकतम १५ डिग्री रहेको छ। तराईका जिल्लामा पनि तापक्रम घट्न थालेको छ । बिहान हुस्सु लाग्न थालेपछि तराईको जनजीवन प्रभावित बनेको हो । भैरहवाको न्यूनतम तापक्रम ९ डिग्री छ भने धनगढीको तापक्रम पनि ९.५ डिग्रीमा झरेको छ ।
मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। दिउँसो लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment