चिसो झन बढ्यो, काठमाडौंको तापक्रम ४.२ डिग्रीमा झर्याे
काठमाडौं। नेपालमा चिसो झन् बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ। यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ।
धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ। नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ। मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment