काठमाडाैंकाे तापक्रममा हल्का सुधार, ३.६ डिग्रीसेल्सियस मापन

डिसी नेपाल
५ पुष २०७८ ९:०५
52
Shares

काठमाडाैं। काठमाडाैं उपत्यकाकाे न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएकाे छ। आइतबारकाे भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएकाे हाे । आइतबार काठमाडाैंकाे न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएकाे थियाे।

‘अधिकतम तापक्रम दिउँसाे मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएकाे छ,’ माैसम पूर्वानुमान महाशाखाका माैसमविद् मञ्जु वासीले भनिन्, ‘यसकाे अर्थ अब तापक्रम घट्दैन भन्ने हाेइन। हिउँद गहिरिदै जाँदा चिसाे अझ बढ्छ।’

काठमाडाैंमा मंसिर दाेस्राे सातादेखि चिसाे बढ्न थालेकाे हाे। देशभर चिसाे बढेकाे छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएकाे छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेकाे छ। तराईमा हुस्सु/कुहिरो लाग्ने गरेकाे छ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसाे बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।

मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *