निकेतियाको ह्याट्रिकमा आर्सनल सेमिफाइनलमा

डिसी नेपाल
७ पुष २०७८ ८:२६
104
Shares

काठमाडौं। एडी एडवार्ड एनकेटियाको ह्याट्रिकमा इंग्लिस क्लब आर्सनल इङ्लिस लिग कप (इएफएल) को सेमिफाइनलमा प्रवेश गरेको छ। मंललबार राति भएको खेलमा लिग वान टोली सन्डरल्याण्डविरुद्ध ५-१ को पराकिलो जित निकाल्दै आर्सनल अन्तिम २ माप्रवेश गरेको हो।

आर्सनलको जितमा एडिले खेलको १७, ४९ र ५८ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। निकोलास पेप र चार्ली पाटिनोले १/१ एक गोल गरे। सन्डरल्याण्डका लागि नाथनले सान्त्वना गोल गरे।

सहज जितसँगै आर्सनल अन्तिम दुईमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि आर्सनलले ब्रेन्टफोर्ड र चेल्सीबीचको विजेतासँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *