रिङ रेस्लिङ विन्टर स्लाम पुस १७ गते

डिसी नेपाल
७ पुष २०७८ २०:५७
68
Shares

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम २०२१ अर्को साता आयोजना हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरडब्लु विन्टर स्लाम पुस १७ गते शनिबार ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय स्थल बुढानिलकण्ठस्थित चुन्निखेल मैदानमा हुने जानकारी गराएको हो ।

प्रतियोगितामा नुवाकोटे टाईगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, किङ रोबोट, सिजे, एससी, जोन,बाका, यु बि एल लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा रहनेछ ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले ७५ हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार, लाईट वेट च्याम्पियनले ३५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनीले खेल संचालन गर्नेछन् भने कार्यक्रम सञ्चालन ख्याती प्राप्त कलाकार जीवन तामाङले गर्नेछन् । प्रतियोगिताका लागि करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल रिङ रेस्लिङ संघको फेसबुक पेजबाट हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *