आइपिएल मेगा अक्सनको मिति र स्थान तय
काठमाडौं। इण्डियन प्रिमियर लग (आइपिएल) को मेगा अक्सनको मिति र स्थान तय भएको छ । आइपिएलको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा बैंगलुरुमा हुने सूत्रको हवाला दिँदै इएसपिएन क्रिकइन्फोले जनाएको छ । आइपिएलको १५ औं सिजनको लागि पुराना सबै टिमले आफ्ना रिटेन गरिएका खेलाडीको सूची जारी गरिसकेका छन् । अब डिसेम्बर महिनाभित्र थपिएका २ टिम लखनउ र अहमदाबादले पनि आफूले रिटेन गरेका खेलाडीको सूची जारी गर्नेछन् ।
आइपिएल २०२२ मा ८ को सट्टा १० टिमले भाग लिनेछन् । आइपिएलको १५ औं सिजन भारतमै गर्नेगरी तयारी अगाडि बढाइएको छ । भारतको क्रिकेट बोर्ड बीसीसीआइले यसको लागि मेगा अक्सनभन्दा पहिले कोभिड–१९ का बिरामीको संख्यालाई पनि ध्यान दिइरहेको छ । नयाँ थपिएको टिम लखनउले एंडी फ्लावरलाई आफ्नो कोच बनाएको छ । अवकाशप्राप्त भारतीय ओपनर गौतम गम्भीरलाई मेन्टर बनाइएको छ ।







डिसी नेपाल







Facebook Comment