‘रावलपिंडी एक्सप्रेस’लाई मातृशोक

डिसी नेपाल
११ पुष २०७८ १२:३०
144
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट इतिहासबै सबैभन्दा तीब्र गतिमा बलिङ गरेर ‘रावलपिंडी एक्सप्रेस’को उपनाम पाएका पाकिस्तानी क्रिकेटर शोएब अख्तरलाई मातृशोक परेको छ । शोएब स्वयंले ट्वीटरमार्फत आफ्नी आमाको निधनबारे जानकारी दिएका हुन् । अख्तरकी आमाको निधनप्रति खेल जगतका हस्तीहरुले समवेदना र श्रद्धाञ्जली दिएका छन् ।

शोएबले ट्वीट गर्दै भनेका छन् ‘मेरी आमा मेरी सबथोक रहनुभयो, उहाँ हामीलाई छोडेर जन्नत जानुभएको छ । अल्लाहतालाको मर्जी हो ।’ उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ । उनलाई हालै एक अस्पतालमा भर्ना गरिएको थियो । शोएबकी आमाको अस्पतालमै निधन भएको हो । उनको अन्तिम संस्कार इस्लामाबादमै गरिनेछ ।

शोएब अख्तरलाई संसारकै सबैभन्दा तीब्र गतिका बलर मानिन्छ । शोएबले अन्तर्राष्ट्रिय क्रिकेटमा २००२ मा न्यूजिल्याण्डविरुद्धको खेलमा १६१ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । यही कारण उनलाई रावलपिंडी एक्सप्रेस भनिन्छ । ४६ वर्षका शोएबले पाकिस्तानको लागि कूल २२४ खेल खेलेका छन् । उनले २०११ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *