माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ

डिसी नेपाल
१२ पुष २०७८ १२:३३
72
Shares

मोरङ । प्रहरीले माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने १ जना पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन्।

विराटनगर महानगरपालिका– ३ कञ्चनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने कालिकोटेलाई प्रहरीले पक्राउ गरेको हो।

आईतबार राति साढे ९ बजे एटीएम मेसिन तोड फोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो।

पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *