आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने पूर्वानुमान

डिसी नेपाल
१३ पुष २०७८ ७:०४
360
Shares

काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *