एसीसी यु–१९ क्रिकेट: कुवेतविरुद्ध सान्त्वता जितको खोजीमा नेपाल

डिसी नेपाल
१३ पुष २०७८ ८:०९
100
Shares

काठमाडौं। सुरुआती दुई खेलमा पराजित नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ। देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ। कुवेत समेत प्रतियोगितामा जित विहिन रहेको छ। कुवेत समेत सान्त्वना जित निकाल्ने दाउमा छ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो। यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *