कुवेतविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

डिसी नेपाल
१३ पुष २०७८ १२:३९

काठमाडौं। एक खेल अगाडि यु-१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ।

यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ।

कुवेतसमेत प्रतियोगितामा जितविहीन छ। कुवेत पनि सान्त्वना जित निकाल्ने दाउमा छ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो। यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *