आजदेखि माैसममा सुधार आउने, तर हल्का वर्षा र हिमपातकाे सम्भावना कायमै

डिसी नेपाल
१५ पुष २०७८ ७:४३

काठमाडाैं। आज बिहीबारबाट माैसममा सुधार आउने आँकलन गरिएकाे छ। गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेकाे पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएकाे थियाे। आजबाट क्रमश: याे प्रणालीकाे असर हट्दै जाने र दिउँसाे घाम लाग्ने आँकलन महाशाखाका माैसमविद्ले गरेका हुन्।

यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।बिहान देशभर आंशिक छ भने थोरै स्थानमा वर्षा भइरहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *