इङ्लिस प्रिमियर लिग : टोटनहमको कठिन जित
काठमाडौं। डाभिन्सन सान्चजको निर्णायक गोलसँगै टोटनहमले इङ्लिस प्रिमियर लिगमा वाट्फोर्डमाथि १-० को जित निकालेको छ। शनिबार राति टोटनहमसँगको भेटमा वाट्फोर्ड लगातार पाँच खेलको हारको शृंखलामा पूर्णविराम लगाउन चाहन्थ्यो तर अन्तिममा सम्हालिन नसक्दा एक अंक लिने उनीहरको लक्ष्यले पूर्णता पाएन।
टोटनहमविरुद्ध गोलकिपर ड्यानियल बाचमनले उत्कृष्ट बचाउ गर्दै टोलीलाई एक अंकको संघारमा पुर्याएका थिए तर इन्जुरी समयको छैटौ मिनेटमा सान्चेजले बललाई पोस्टको दिशा दिएपछि उनको उत्कृष्ट प्रदर्शन छायाँमा परेको थियो।
एन्टोनियो कोन्टेले प्रशिक्षण सम्हालेदेखि टोटनहम अपराजित रहँदै आएको छ। १८ खेलमा ३३ अंकसहित टोटनहम छैटौं स्थानमा छ। आर्सनलले आइतबार लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीलाई २-१ को नतिजा सुम्पिएको थियो। त्यस्तै, शनिबार नै भएको खेलमा वेस्ट हम युनाइटेडले क्रिस्टिल प्यालेसमाथि ३-२ को जित निकाल्यो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment