दानाको भाउ बढेसंगै मासुको मूल्य बढ्यो

डिसी नेपाल
२० पुष २०७८ ७:५८

काठमाडौं। कुखुराको दाना बनाउन प्रयोग गरिने कच्चा पदार्थ मकै, भटमास र फिड सप्लिमेन्टहरूको मूल्य आकाशिएपछि दानाको भाउ बढेको छ । अन्तरराष्ट्रिय बजारमानै यस्ता वस्तुको मूल्य बढेपछि नेपाली बजारमा समेत त्यसको असर पर्न गई दानाको मूल्य करीब दोब्बरले बढेको छ ।

नेपाल दाना उद्योग संघले प्रतिकिलो ६ रुपैयाँका दरले मूल्य बढाइएको जनाएको छ । यसअनुसार बी जिरो दानाको मूल्य प्रतिकिलो ८४ रुपैयाँ, बी वान दानाको मूल्य प्रतिकिलो ८२ रुपैयाँ, बि टु दानाको मूल्य प्रतिकिलो ८० रुपैयाँ र बी थ्री दानाको मूल्य प्रतिकिलो ७८ रुपैयाँ तोकिएको संघका अध्यक्ष रविन पुरीले जानाकरी दिए । उनका अनुसार कोरोना महामारीको असर विश्व अर्थतन्त्रमा परेपछि दाना बनाउन प्रयोग गरिने कच्चा सबैजसो कच्चा पदार्थ कुखुरालाई खुवाइने भिटामिन र औषधिहरूमा २५ देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ ।

पछिल्लो १ वर्षको अबधिमा भट्मासको मूल्य किलोमै ५५ रुपैयाँले बढेर ५० रुपैयाँ प्रतिकिलो बाट १ सय ५ रुपैयाँ कायम भएको पाइएको छ । मकैको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । पछिल्लो समय चिनियाँ व्यवसायीहरूले भटमास तथा सोयाबिनलगायत कच्चा पदार्थको खपत अत्यधिक रूपमा बढाएकाले अन्य देशहरूमा यसको अभाव हुन गई मूल्य बढेको हुन सक्ने व्यवसायीहरूको अनुमान छ । नेपालमा दाना उत्पादन गर्न आवश्यक पर्ने ८० प्रतिशत मकै र करीब ९९ प्रतिशत भटमास अमेरिका, ब्राजिल र भारतलगायत देशबाट आयात गर्ने गरिन्छ ।

दानाको मूल्य निरन्तर रूपमा बढेको बढ्यै भएपछि कुखुराको मासुको मूल्यसमेत बढेको छ । यसअघि पुस ६ गतेसम्म प्रतिकिलो ३ सय ३० रुपैयाँ रहेको कुराराको मासुको मूल्य बढेर यतिबेला ३ सय ४५ रुपैयाँ कायम भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *